बिनाकागजात जहाजको बिजनेश क्लासमा पुगेको घटना छानबिनका लागि समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनापासपोर्ट र भिसा अनधिकृत व्यक्ति विमानमा पुगेको घटनामा छानबिन गर्न सरकारले समिति बनाएको छ।
गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो।
समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ।
फागुन ९ गते रौतहटका १८ वर्षीय मोहम्मद शेख आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको बिजनेश क्लासमा बिनाकागजात पुगेका थिए।