मलेसिया सरकारद्धारा रोजगारदातालाई न्यूनतम पारिश्रमिक बढाउन आग्रह

मलेसिया सरकारद्धारा रोजगारदातालाई न्यूनतम पारिश्रमिक बढाउन आग्रह

क्वालालम्पुर । मलेसिया सरकारले मुलुकमा विद्यमान रहेको न्यूनतम पारिश्रमिक बढाउन रोजगारदातालाई आह्वान गरेको छ । आग्रहसँगै दुई मलेसियाली कम्पनी एओन को (एम) बिएचडी र वेस्टपोर्ट्स होल्डिंग्सले आफ्ना कर्मचारीहरूको न्यूनतम पारिश्रमिक आरएम १५०० बनाउने निर्णय गरेको छ ।

मानव संसाधन मन्त्री डातुक सेरी एम. साराभानानले भने, ‘सरकारको आग्रहलाई आत्मसाथ गर्दै एओन को (एम) बिएचडी र वेस्टपोर्ट्स होल्डिंग्सले आफ्ना कर्मचारीहरूलाई न्यूनतम तलब आरएम १५०० दिने बिषयमा लिएको निर्णय वास्तवमै स्वागत योग्य छ । हामीलाई विश्वास छ की अब अन्य कम्पनीहरुले पनि छिटो भन्दा छिटो यस्ता निर्णय लिनेछन् ।’

उनले केही शहर तथा प्रदेशहरुमा हाल न्यूनतम तलब आरएम १२०० र अन्य क्षेत्रमा ११०० रहेको अवस्थामा सरकारले त्यसलाई समीक्षा गरेर अन्तिम रुप नदिए पनि आफ्ना कामदारका लागि न्यूनतम पारिश्रमिक आरएम १५०० गर्न रोजगारदाताहरुले प्रस्ताव गर्न थालेका बताए ।

उनले भने, ‘कोभिड–१९ महामारीबाट देशको अर्थव्यवस्था प्रभावित भएको अवस्थामा दुई कम्पनी (एइओन र वेस्टपोर्ट्स होल्डिंग्स)ले आफ्ना कामदारहरूको समस्यालाई आत्मसाथ गर्दै तलब बढाएर राम्रो कामको उदाहरण दिएका छन् ।

यसअघि प्रधानमन्त्री दातुक सेरी इस्माइल साबरी याकोबले सरकारद्धारा प्रस्तावित न्यूनतम पारिश्रमिक आरएम १५०० लाई समग्र रूपमा कार्यान्वयन गर्न रोजगारदाताहरूलाई आग्रह गरेका थिए ।