अष्ट्रेलियामा रहेकी नेपाली युवतीको तस्वीर/भिडियो प्रयोग गरी अश्लिल पोस्ट गर्ने पक्राउ

अष्ट्रेलियामा रहेकी नेपाली युवतीको तस्वीर/भिडियो प्रयोग गरी अश्लिल पोस्ट गर्ने पक्राउ File Photo

काठमाडौं । अष्ट्रेलियामा अध्ययनरत एक नेपाली युवतीको तस्वीर/भिडियो प्रयोग गरी सामाजिक सञ्जालमा अश्लिल पोस्ट गर्ने ब्यक्ति पक्राउ परेका छन । रुपन्देही बुटबल उप–महानगरपालिका–११ देवीटोलका २५ बर्षीय एलिस भन्ने राजेश श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयको ‘साइबर ब्यूरो’ टोलीले पक्राउ गरेको हो ।

श्रेष्ठले प्रचलित कानुन विपरित पिडित युवतीको नाममा फेक फेसबुक प्रोफाईल बनाई उक्त प्रोफाईलबाट अश्लिल स्टाटस, तस्वीर र भिडियो पोष्ट गरी युवतीको आफन्त लगायत साथीहरुलाई शेयर गरी चरित्र हत्या गर्ने कार्य गरेका थिए ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालत काठमाडौंको अनुमतिमा मंगलवार श्रेष्ठलाई प्रकाउ गरिएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट सात दिनको अनुमति लिइएको प्रहरीले जनाएको छ ।