टर्की र ग्रीसको सिमा नजिकै चिसोले १९ जना आप्रवासीको मृत्यु

टर्की र ग्रीसको सिमा नजिकै चिसोले १९ जना आप्रवासीको मृत्यु सांकेतीक तस्वीर

काठमाडौं । टर्की र ग्रीसको सीमा नजिकै १९ जना आप्रवासीकाे चिसोले कठ्यांग्रिएरे मृत्यु भएको छ । टर्की र र ग्रीसको सीमा पर्ने इप्साला भन्ने सो ठाउँमा आप्रवासीको मृत्यु भएको टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुले बताएका छन्।

मृत्यू भएकामध्ये १२ जनाको शव इप्साला सीमा नाका नजिकै जुता नलगाएको र लुगा फुकालेको अवस्थामा भेटिएको थियो। त्यस्तै, एडिर्ने प्रान्तका गभर्नरको कार्यालयले टर्कीका अधिकारीहरूले एक आप्रवासीको उद्वार गरेको र उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताएको छ।

त्यसैगरी ग्रीसको सीमा नजिक बिहीबार थप सात जना आप्रवासी मृत फेला परेका हुन। मन्त्री सोयुलुका अनुसार अहिलेसम्म मृतकहरुको राष्ट्रियता बारे पहिचान हुन सकेको छैन।

अंकाराले एथेन्सले आप्रवासीहरूलाई गैरकानूनी रूपमा सीमामा धकेलेको कारणले गर्दा उनीहरुको मृत्यु भएको आरोप लगाएको छ । ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको दाबी गरेको छ।

इप्लासा शहर ग्रीसको सीमा नजिकै पर्दछ । अवैधानिक रूपमा युरोप प्रवेश गर्न चाहनेहरू सोही बाटो हुँदै जाने गरेको पाइन्छ। ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो।