सिरियामा भएको भिडन्तमा १० जनाको मृत्यु

सिरियामा भएको भिडन्तमा १० जनाको मृत्यु

सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको हो। त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ ।सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ ।

उक्त सहरमा केही समयदेखि हिंसा भइरहेको छ । यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ । यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहाँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताएका छन् ।