पोर्चुगलमा नेपाली युवाद्वारा आत्महत्या

लिस्बन । पोर्चुगलमा एक नेपाली युवाले आत्महत्या गरेका छन्।
तीन वर्षअघि पोर्चुगल आएका कन्चनपुरका तर्कराज भट्टले बिहीवार बिहान रुखमा झुन्डिएर आत्महत्या गरेका हुन्।
भट्ट बस्दै आएको ठाउँभन्दा केही पर डोरीले रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाकाअनुसार भट्ट कृषि कम्पनीमा काम गर्थे। अहिले उनको शवलाई प्रहरीले पोस्टमार्टमका स्थानीय अस्पतालमा राखिएको छ। भट्टका नेपालमा श्रीमती र एक छोरा छन्।
ताजा अपडेट

प्रवास खबर
कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या

प्रवास खबर
एनआरएनएका केन्द्रीय सचिव गुरुङ सम्मानित

प्रवास खबर