तपाईँलाई विदेशमा समयस्या परेको छ ? अब सुनाउनुहोस् सिधै श्रममन्त्रीलाई गुनासो

तपाईँलाई विदेशमा समयस्या परेको छ ? अब सुनाउनुहोस् सिधै श्रममन्त्रीलाई गुनासो

काठमाडौं। तपाईँ रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ ? के तपाईँलाई त्यहाँ भनेजस्तो काम र सेवासुविधा उपलब्ध छैन् ? अथवा विभिन्न कारणले समस्यामा पर्नुभएको छ ? यदी तपाईँ विदेशमा साँच्चिकै समस्यामा हुनुहुन्छ भने नआत्तिनुहोस् ! अब तपाईँले आफ्नो गुनासो श्रममन्त्रीसमक्ष राखेर सहयोग लिन सक्नुहुनेछ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयमा गुनासो कक्ष स्थापना गरेका छन्। मन्त्री श्रेष्ठले एक अपिल जारी गर्दै अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा व्यक्तिलाई कारवाहीको दायरा ल्याउने बताएका छन्।

मन्त्री श्रेष्ठले ठगीमा संग्लन व्यक्तिहरुबारे जानकारी गराइ सहयोग गर्न आग्रह समेत गरेका छन्। उनले सचिवालयको मोवाइल नम्वर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन आग्रह गरेका छन्।

सरकारले ‘भिजिट भिसा’मा पुगेर अलपत्र परेका नेपालीको समस्या समाधानका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल पनि गठन गरेको छ ।