मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले शनिबार बताएका छन । ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका छन ।

यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो ।उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो महाथिरले दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो ।