अफगानिस्तानको बसमा बम हमला, सातको मृत्यु

अफगानिस्तानको बसमा बम हमला, सातको मृत्यु Afghan security forces personnel are seen at the site of a car bomb attack in Kabul on May 31, 2017. At least 40 people were killed or wounded on May 31 as a massive blast ripped through Kabul's diplomatic quarter, shattering the morning rush hour and bringing carnage to the streets of the Afghan capital. / AFP PHOTO / SHAH MARAI (Photo credit should read SHAH MARAI/AFP/Getty Images)

हेरात । अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ। त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन्। सो दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ।

घटनामा अरु नौ जना घाइते पनि भएका छन्। घाइतेहरु जलेको अवस्थामा छन् र उनीहरुको अवस्था पनि गम्भीर रहेको छ। बस गुडिरहेको या रोकीराखेको अवस्थामा थियो भन्ने बारेमा भने केही खुलाइएको छैन।

तर शनिबार साँझ एक मिनीबसमा बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको जिम्मा कसैले पनि लिएको छैन। अफगानिस्तानको हेरात इरानसँग सीमा जोडिएको सहर हो। तालिबानी विद्रोहका समयमा पनि निकै हिंसाग्रस्त यो सहर अफगानिस्तानको तेस्रो ठूलो सहर हो।

अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ हत्या, हिंसा र विस्फोटका घटनामा भने कमी आएको छ। तर पनि मानवीय संकटको अवस्था सिर्जना भएका विवरणहरु भने प्रतिदिन आइरहेका छन्।