कविता: स्वदेशमै रोजगार देऊ
विदेशमै मर्ने हुन् कि अब त देख्छन् गाउँ
विहान बेलुका छैन खाना, भन्छन् के खाउँ
एउटा काम भनि गई गर्दैछन् रे अर्को काम
बिदेशी भूमिमा नै हराउँदैछ क्रमठ युवाको नाम
रेमिट्यान्सले गर्दा नै हो भै’ रा’ को यहाँ विकास
अहिले त रेमिट्यान्स नि भएको छ रे सार्है ह्रास
१७/१८ घन्टा काम गरि सुत्ने बेला हुने कहिले?
युवाहरु स्वदेशबाट बिदेश मै जानुपर्ने जहिले
चुहिने घरलाई सबजनाले लगाउनुछ छाना
यहि सोच्दै बिदेशतिर हिड्दैछन् नि सबैजना
दुख: पाएका युवालाई त स्वदेश फिर्ता गरौं लौ न
यति थाहा पाउँदा पनि सरकार किन बस्छ मौन?
सधैं उत्पादन गर्छन नि कृषक, नगर्ने पक्कै हैन
उत्पादन गरिएको बस्तुले उचित मूल्य पा’ को छैन
बुढा बिदेश गएपछि त श्रीमति बजारमा झर्ने
बुढा भा’ का बा- आमाले गाउँमा चाहिँ के हो गर्ने?
पैसा कमाउन युवालाई पुग्नैपर्दो रहेछ नि बिदेश
सबै कुरामा सबैले सरकारलाई नै दिनु हुदैंन दोष
अब सबले सोच बनाऊँ गाउँमै बसेर केही गर्ने
सबैजनाले सोच हटाऔं आजैदेखि बिदेश पस्ने।
पारस भट्रराई
भूमिकास्थान ९ ढिकुरा,अर्घाखाँची