ज्यान मुद्दामा फरार मगरलाई १७ वर्षपछि साउदीमा पक्राउ गरी नेपाल ल्याइयो

ज्यान मुद्दामा फरार मगरलाई १७ वर्षपछि साउदीमा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । ज्यान मुद्दामा फरार एक प्रतिवादी १७ वर्षपछि साउदी अरवबाट पक्राउ परेका छन्।

इन्टरपोलबाट रेड नोटिस जारी भएका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।

कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरलाई  प्रहरी प्रधान कार्यालय  इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले नेपाल ल्याएको हो।

मगरले १३ मंसिर २०६१ मा मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ पुर्जी जारी भएको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा इन्टरपोलले अन्तर्राष्ट्रियस्तरमा खोजी कार्य सुरु गरेको थियो ।

खोजी गर्ने क्रममा २०७७ माघ २६ गते उनको नाममा रेड नोटिस जारी गरिएको थियो।

मगरलाई आवश्यक कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।