विदेशमा अध्ययनरत विद्यार्थीद्वारा छात्रवृत्ति

झापा । मेचीनगरको धुका लागि सहयोगलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेशन नेपाल’मार्फत सहयोग गरेकाछन्।

विद्यार्थीले फाउण्डेशनमार्फत , तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिएका छन्। छात्रवृत्ति वितरणका लागि फाउण्डेशनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर पनि गरेका छन् । संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध्य विपन्न समुदायका विद्यार्थीलाई सहयोग गरिएको बताए। सम्झौता अनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिक रूपमा रु पाँच हजार ८००, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले रु आठ हजार ४५० र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले रु ११ हजार ६०० छात्रवृत्ति पाउने बताएका छन् ।

झापा । मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेशन नेपाल’मार्फत सहयोग गरेकाछन्।