कतारमा स्वास्थ मापदण्ड पालना नगर्ने ७३० जनालाई कारवाही

दोहा ।पछिल्लो समय कतारमा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयका अधिकारीले स्वास्थ सुरक्षाका मापदण्ड अवज्ञा गर्नेहरुविरुद्धको कारवाहीलाई तीब्रता दिएका छन् ।
सन्चारमाध्यमका अनुसार बिहीवार मात्रै ७ सय ३० जनाले स्वास्थ्य मापदण्डको उल्लंघन गरेको पाइएको छ। जसअन्तर्गत मास्क नलगाएकोमा ६ सय २० जना, सुरक्षित भौतिक दूरी कायम नगरेको ७७ जना र ‘एहत्राज’ एप इन्स्टल नगरेको आरोपमा ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुरूप यहाँ विभिन्न स्वास्थ्य मापदण्डहरु लागू गरिएको छ। जसअनुसार, सबै नागरिक र बासिन्दाहरूले बन्द तथा सार्वजनिक स्थानहरूमा अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। त्यस्तै, मस्जिद, विद्यालय, विश्वविद्यालय र अस्पताल परिसरमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
संक्रामक रोग सम्बन्धीको कानूनको आधारमा मन्त्रिपरिषद्को निर्णय अनुरूप यहाँका सक्षम अधिकारीहरूले कोभिड–१९ रोकथाम र सावधानीका उपायहरू लागू गरिएकोमा उल्लंघन गर्ने धेरै व्यक्तिहरूलाई अभियोजनमा पठाइएको मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएको छ।
अधिकारीहरूले विज्ञप्तिमार्फत सम्पूर्णलाई आफू र अरूलाई कोरोनाभाइरसको फैलावटबाट जोगाउनको लागि मन्त्रालयले जारी गरेका सावधानी र रोकथामका निर्णयहरू पालना गर्न आग्रह गरेका छन् ।
ताजा अपडेट
