आबुधाबी प्रवेशमा नयाँ मापदण्ड

आबुधाबी प्रवेशमा नयाँ मापदण्ड

आबुधाबी । कोभिड–१९ महामारीको संक्रमण पुनः बढ्न थालेपछि आबुधाबी प्रवेशको लागि नयाँ मापदण्ड घोषणा गरिएको छ।

आबुधाबीका अधिकारीहरुले मंगलबार ईमिरेट्सभित्र प्रवेश गर्नको लागि नयाँ प्रवेश मापदण्ड अनिवार्य पालना गर्नुपर्ने घोषणा गरेका हुन्।

सार्वजनिक गरिएको नयाँ निर्देशिकाअनुसार कोभिडविरुद्धको खोप प्राप्त गरेका व्यक्ति यूएई भित्रबाट आबुधाबी इमिरेट्समा प्रवेश गर्न चाहेमा ‘अल्होशन एप’मा ‘ग्रीन स्टाटस’ देखिनुपर्नेछ। त्यस्तै, कोभिडविरुद्धको खोप प्राप्त नगरेका व्यक्तिले ९६ घण्टा भित्रसम्म परीक्षण गरिएको पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ प्रस्तुत गर्नुपर्नेछ।

नयाँ मापदण्ड ३० डिसेम्बर बिहीबारदेखि लागू हुने बताइएको छ। त्यस्तै, कोभिड–१९ को संक्रमणलाई दुर्त रुपमा पहिचान गर्न ‘ईडिई स्क्यानर’को प्रयोगलाई जारी राख्ने समेत बताइएको छ।

 



No ads found for this position