फिनल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

फिनल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

काठमाडौं । फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाकाे टाेलीले २९ वर्षीय अमित थामीलाई काठमाडाैंकाे गौरीघाटमा पक्राउ गरेकाे हाे ।

इलाम माईजोकमाई गाउँपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाडाैंकाे ७ चावहिल बस्ने अमित थामीलेसेक्युरिटी गार्डकाे लागि फिनल्यान्ड पठाइदिने भनी भिसा प्रोसेसिङको लागि १ लाख ५० हजार रूपैयाँ अमित थामीको नामको सिभिल बैकको खाता नं. ०६३१०२६४६६४०१३ मा डिपोजिट गराउनू भनी पीडितसँग पटक–पटक भिषा, टिकट र होटल बुकिङको नाममा बैंक खातामा  २१ लाख  जम्मा गर्न लगाएकाे पाइएकाे छ ।

थामीले पैसा लिएपश्चात् मोबाइल अफ गरी सम्पर्कविहीन भएको र ठगीमा परेको आशंका लागि कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको भन्ने जानकारी पाएपछि शम्भु घले समेत गरी ५ जनाको उजुरीलाई छानबिन गर्दा निजले ठगी गरेको प्रमाणित भएकाे हाे ।