वैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छन् : श्रममन्त्री श्रेष्ठ

वैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छन् : श्रममन्त्री श्रेष्ठ

नवलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताएका छन्।

नवरपुरको डण्डामा आज नेकपा (एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्मोधन गर्दैै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताए।

आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्दै उनले विद्यमान समस्याहरुको प्याकेजमै समाधान गरिने बताए।

आफू श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ छ। आफ्नो कार्यकालमा श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उनले बताए।

सीप विकाससँग सम्बन्धित तालिमहरू अव एकीकृत संरचनामार्फत संचालन गर्न तयारी सुरु गरिएको पनि उनले जानकारी र्दिए । साथै उनले गण्डकी प्रदेशको पुर्वाधार विकासका लागि विभिन्न निकायसँग समन्वय गरि आफूले काम गरिरहेको बताए ।