कुर्दिस्तान प्रवासी नेपाली समाजको नयाँ नेतृत्वमा बिनोद श्रेष्ठ

कुर्दिस्तान प्रवासी नेपाली समाजको नयाँ नेतृत्वमा बिनोद श्रेष्ठ

सुलेमानी। कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानीको नयाँ नेतृत्वको जिम्मेवारी बिनोद श्रेष्ठले पाएका छन् । गत शुक्तबार सम्पन्न चौथो साधारण सभाले श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको हो।

श्रेष्ठ कुर्दिस्तानमा सक्रिय सामाजिक अभियान्ता हुन्।श्रेष्ठ यसअघि महासचिवको जिम्मेवारीमा थिए।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ठूलोकान्छा शेर्पा चयन भएका छन् । यस्तै उपाध्यक्षको जिम्मेवारी शोभा भुजेललाई दिइएको छ।

यसैगरी महासचिवमा पूर्णहाङ्ग लिम्बू, सचिवमा ठिलेन शेर्पा, कोषाध्यक्षमा इन्द्र श्रेष्ठ र सह–कोषाध्यक्षमा साङ्मु तामाङ्ग चयन भएका छन् ।

नवनिर्वाचित सदस्यहरुमा अबिना तामङ, मैती तामाङ, शान्ता थापा, लमु शेर्पा, सपना सुवेदी, सरोज कार्की, प्रकाश बस्नेत, कुमारी बिष्ट, उदक माया, लक्ष्मी कुमारी गिरी, अस्बिन थापा, आशिका श्रेष्ठ र याङ्गलमु शेर्पा रहेका छन्।

एफडब्ल्यूसीडीओका संस्थापक हामा हजार माहम्मदको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाको सभापतित्व कमल तामाङ्गले गरेका थिए। कार्यक्रममा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक, महिला समाज कुर्दिस्तान इराक, प्रवासी कलाकार ग्रुप कुर्दिस्तान र मगर समाज सुलेमानीसहितका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।