यूएई : ‘अल्होसन एप’मा देखिने ‘ग्रीन स्टाटस’को अवधि घटाइयो

यूएई : ‘अल्होसन एप’मा देखिने ‘ग्रीन स्टाटस’को अवधि घटाइयो

दुबई । यूएईमा अबदेखि कोभिड–१९ को पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’सँगै ‘अल्होसन एप’मा देखिने हरियो संकेत (ग्रीन स्टाटस’को अवधि घटाइएको छ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार  ५ डिसेम्बरदेखि कोभिड–१९ पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’को आधारमा यहाँको ‘अल्होसन एप’मा १४ दिनसम्म मात्र ‘ग्रीन स्टाटस’ देखिनेछ। त्यसभन्दा पछिको अवधिमा पीसीआर परीक्षणको नयाँ रिपोर्ट नआएसम्म ‘एप’को रंग खैरो हुनेछ।

यसभन्दा पहिला ३० दिनसम्मको लागि ‘अल्होशन एप’मा ‘ग्रीन स्टाटस’ देखिंदै आएको थियो।

कोभिड महामारीलाई नियन्त्रण गर्ने रणनीति अनुरुप सुरक्षित आवतजावत र देशव्यापी पर्यटनलाई सुनिश्चित गर्नका लागि देशभर यो अपडेट जारी गरिएको बताइएको छ।