साउदीपछि यूएईमा पनि फेला पर्यो ‘ओमिक्रोन’ को भेरियन्ट

साउदीपछि यूएईमा पनि फेला पर्यो ‘ओमिक्रोन’ को भेरियन्ट

दुबई। साउदी अरेबियापछि यूएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। यूएईको स्वास्थ्य मन्त्रालयले ट्वीटरमार्फत यसको जानकारी दिनेक्रममा बुधबार अफ्रिकाबाट आएकी एक महिलामा ‘ओमिक्रोन’ भाइरस फेला परेको बताएको छ।

महिलालाई हाल ‘आइसोलेसन’ मा राखेर निगरानी गरिरहेको मन्त्रालयले बताएको छ। उनीसँग कन्ट्याक्टमा आएका व्यक्तिलाई पनि ‘आइसोेलेसन’ मा राखेर निगरानी गरिएको छ।

यूएईमा ‘ओमिक्रोन’ को पहिलो संक्रमित फेला परेपछि मन्त्रालयले स्वास्थ्य निकायलाई तयारी अवस्थामा बस्न आदेश दिएको छ।



No ads found for this position