अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान सरकारको आग्रह

अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको हो।

मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको छ।

अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।