यूएईका अहमेद नासेल अल राइसी इन्टरपोलको नयाँ अध्यक्ष

यूएईका अहमेद नासेल अल राइसी इन्टरपोलको नयाँ अध्यक्ष

इस्तानबुल । इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन इन्टरपोलको अध्यक्षमा युनाइटेड अरब इमिरेट्स (यूएई)का अहमेद नासेर अल राइसी निर्वाचित भएका छन् ।

टर्कीको इस्तानबुलमा भएको साधारणसभाले इन्टरपोलको कार्यकारी समितिका सदस्य यूएईको गृह मन्त्रालयका महानिरीक्षक मेजर जेनेरल अल राइसीलाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
१९५ देश इन्टरपोलका सदस्य छन् । प्रत्येक देशको एक भोट हुन्छ ।

अल राइसी तेस्रो चरणको मतदानमा ६८।९ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका हुन् । इन्टरपोलको विधानानुसार एकैपटक अध्यक्षमा निर्वाचित हुन दुईतिहाइ मत आवश्यक पर्छ । तर, दोस्रो चरणपछि भने सामान्य बहुमत पनि पर्याप्त हुन्छ ।

अध्यक्षमा निर्वाचित भएपछि अल राइसीले यो आफ्नो लागि सम्मानको कुरा भएको बताए । उनले इन्टरपोललाई आधुनिक र रूपान्तरण गर्न चाहेको पनि बताए । उनले स्वदेश र विदेशमा मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिने उल्लेख गरे ।