एकै दिन त्रिभुवन विमानस्थलमा २१ किलो सुन बरामद

काठमाडौं । नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीलाई रोक्न भरिया बनेर आउने नेपालीलाई सचेत गरेर निकालेको सूचनाको भोलि पल्टै विमानस्थलबाट २१ किलो सुन बरामद भएको छ।
बाला आकारको सुन विमानस्थलबाट भित्र्याउने क्रममा भन्सार कर्मचारीले बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
नेपाल सरकारले आइतबार सार्वजनिक सूचना जारी गर्दै भरिया भएर सुन नल्याउन सर्वसाधारणको नाममा सूचना प्रवाह गरेको थियो। तर, सोमबार खाडी मुलुकबाट फर्किने ४ सय १५ नेपालीले बालालगायत अन्य गरी २१ किलो सुन भित्र्याउन लाग्दा समातिएको हो।
यसअघि बाला आकारको सुन भन्सार छुटमा ल्याउने सुविधा थियो। तर, अहिले विमानस्थल भन्सार कार्यालयले भन्सार महसुल लिन थालेको छ।
विदेशबाट फर्किनेलाई सुन तस्करहरूले भरियाको रूपमा प्रयोग गरेर काँचो सुनलाई बङ्ग्याएर बाला आकारमा पठाएर विमानस्थलमा सङ्कलन गर्दै आएका थिए। ५० ग्रामको बाला पठाउँदा विदेशबाट फर्किने कामदारलाई तस्करले ५ हजार दिने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको थियो।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
