विमानस्थलमा ट्याक्सीको लुट रोक्न नि:शुल्क सटल बस सेवा सुरु

विमानस्थलमा ट्याक्सीको लुट रोक्न नि:शुल्क सटल बस सेवा सुरु

काठमाडौं। विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीहरुले यात्रु ठगेको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बुधबार बिमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सेवा सुरु गरेको छन्।

उनले यात्रुवाहक बस सेवाको शुभारम्भ गर्ने क्रममा यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका थिए। मन्त्री आलेले रिवन काटेर सेवाको उद्घाटन गरेका थिए। अब विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुले विमानस्थलबाट निःशुल्क बस सेवा लिन सक्ने छन्।

विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । नि:शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।