नेकपा एमालेको अध्यक्षमा पुन : केपी ओली

नेकपा एमालेको अध्यक्षमा पुन : केपी ओली

सौराहा । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। चितवनको सौराहमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट ओली भारी मतान्तरका साथ एमालेको दोस्रो पटक निर्वाचित भएका हुन्।

नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गरेका ओलील यो अधिवेशनमा उपाध्यक्ष समेत रहेका भीम रावललाई पराजित गर्दै चार वर्षे कार्यकालमा निर्वाचित भएका छन्। स्रोतका अनुसार,गणना भएको २ हजार ९६ मत मध्ये ओलीले १८०८ र रावलले २१३ मत प्राप्त गरेका छन्।

आयोगले औपचारिक मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ।