सन् २०२२ भित्र टर्कीमा नेपाली दूतावास र नेपालमा टर्की दूतावास खोल्न कुटनीतिक पहल

काठमाडौं । नेपालमा टर्कीको दूतावास खोल्ने सम्बन्धमा नेपालका लागि टर्कीका गैरआवासीय राजदूत फिरात सुनेलले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपालमा टर्कीको दूतावास खोल्ने विषयमा दुई देश सहमतिमा पुगेको छ।
सन् २०२२ मा नेपाल र टर्कीबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुरा हुँदैछ। सोही अवसरमा टर्कीले नेपालमा आवासीय दूतावास खोल्ने निर्णय गरेको हो।
राजदूत सुनेलले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा अंकारामा पनि नेपाली दूतावास खोल्ने विषयमा कुरा भएको राजदूत सुनेलले जानकारी दिए।
भारतका लागि टर्कीका आवासीय राजदूत सुनेल नेपालका लागि गैरआवासीय राजदूत हुन्। नेपालमा उनी आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्न आएको बेला प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग पनि भेट भएको हो।
ताजा अपडेट

नवौं राष्ट्रिय खेलकुद असोजमा

साउदीमा जहाज उडाउने महिला टोली

विश्वमा महामारी घट्यो, मृत्युदण्ड बढ्यो
