भारतबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिध ? 

भारतबाट को–को छानिए एमाले महाधिवेशन प्रतिनिध ? 

नयाँ दिल्ली । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि प्रवासी नेपाली संघ भारतबाट प्रतिनिधि चयन भएका छन्। १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत कमिटीबाट चौध जना प्रतिनिधि छानिएका हुन्।

जसमा खुलातर्फ प्रवासी नेपाली संघ भारतका केन्द्रिय सल्लाहकार प्रमुख हरि घिमिरे, अध्यक्ष लोकनाथ भण्डारी र महासचिव टिका पौडेल छन्। यस्तै, महिलातर्फ संघका उपाध्यक्ष सीता अधिकारी र सचिव बालुका बेल्बासे चयन भएका छन्।

केन्द्रबाट पाँच जना र प्रत्येक ९ राज्यबाट एक(एक जना गरि जम्मा १४ जना प्रतिनिधि सहभागी हुने भएका छन्। राज्यका प्रतिनिधिमा क्रमशस् रामचन्द्र भण्डारी( कर्नाटक–केरल, नारायण हुमागाइँ( बंगाल– बिहार, रवी घिमिरे( हरियाणा, दुर्गा पौडेल (तमिलनाडु–पोन्डेचरी), गिरिराज बेल्बासे (महाराष्ट्र–गुजरात), बुद्धिराम कुम्भकर उत्तरप्रदेश, छवी भट्टराई (पन्जाब–हिमाञ्चल), होमनाथ दाहाल (दिल्ली) र कृष्ण पाण्डे (मध्य प्रदेश) रहेका छन्।

‘पार्टीले केन्द्रबाट ५ जना प्रतिनिधि अनुमोदन गरेको थियो। प्रवासी नेपाली संघ भारतमा कार्यरत प्रत्येक राज्यबाट एक–एक जना प्रतिनिधि अनिवार्य सहभागी गराउनु पर्छ भन्ने हाम्रो मागसहित पत्र जारी गर्यौं। संघको लामो संघर्ष र बहसपछि मात्र पार्टीले राज्यका ९ प्रतिनिधिको नाम अनुमोदन गरेको हो,’ संघका महासचिव टिका पौडेलले बताए।

उनले थप्दै भने, ‘संघले सिफारिस गरेका चार प्रतिनिधि मोहन थापा, उपाध्यक्ष, डम्बर रावल,पूर्व महासचिव, रामायण धमला,  सचिव र रणवीर कौसल, सचिवालय सदस्यको नाम अझै बिचाराधीन छ,’ संघका सल्लाहकार प्रमुख र अध्यक्षद्वय पार्टी अध्यक्षसंग अन्तिम चरणसम्म पनि छलफलमै हुनुहुन्छ।’

प्रवासी नेपाली संघ भारत नेकपा ९एमाले० को जनवर्गीय संगठन हो। नवौं राष्ट्रिय महाधिवेशन पूर्व एमालेले भारत प्रवासमा पार्टी कमिटीसमेत संचालन गर्दै आएको थियो। नवौं राष्ट्रिय महाधिवेशनमा ४० भन्दा बढी प्रतिनिधि सहभागी गराएको एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा किन ५ जना प्रतिनिधि मात्र माग्यो तरु लामो संघर्ष र बहसपछि पनि मात्र ९ जना प्रतिनिधि अनुमोदन गर्यो र जम्मा १४ जना प्रतिनिधि सहभागी गराउने भयो।

स्थापनाकालदेखि नै संघले पार्टीप्रति गरेको योगदान र पछिल्लो कठिन परिस्थितिमा पनि संघले दिएको साथलाई के पार्टीले बिर्सिएको त होईन भन्ने गुनासो संघ नेताहरुले गरिरहेका छन्। महाधिवेशनमा प्रतिनिधि संख्या घटाउनु र महाधिवेशनपछि संघको हैसियत र क्षेत्र के होला भन्ने यतिखेर अझै चासोको विषय बनेको छ।