प्रचण्ड निकट जनप्रगतिशिल मञ्च नेदरल्याण्डको अध्यक्षमा संघर्षशील केसी निर्वाचित

प्रचण्ड निकट जनप्रगतिशिल मञ्च नेदरल्याण्डको अध्यक्षमा संघर्षशील केसी निर्वाचित

नेदरल्याण्ड। नेकपा माओवादी केन्द्र प्रचण्ड निकट जनप्रगतिशिल मञ्च नेदरल्याण्डको दोस्रो अधिवेशनले संघर्षशील केसीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसहमतीले निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा राम पौडेल, बिना गौतम निर्वाचित भएका छन्। यस्तै, महासचिवमा हरि बिष्ट, सचिवमा बृन्दा खड्का र कोषाध्यक्षमा कैलाश गिरी निर्वाचित भएका हुन्। सदस्यमा रवीन्द्र केसी, नवराज राई, पुजा थापा, सुरेश रेष्ठ, सन्देश लामा रहेका छन्।

सल्लाहकारमा थानेश्वर गौतम, राम पोखरेल र बिर्ख सुबालाई चयन गरिएको नेपाली जनप्रगतिशील मञ्च युरोपका सचिव रणबहादुर खातीले प्रवास खबरलाई जानकारी दिएका छन्।