चीनद्वारा कोइलाको दैनिक उत्पादनमा १ करोड २० लाख टनभन्दा बढी वृद्धि

चीनद्वारा कोइलाको दैनिक उत्पादनमा १ करोड २० लाख टनभन्दा बढी वृद्धि

काठमाडौं- चीनले कोइलाको दैनिक उत्पादनमै रेकर्ड स्तरको वृद्धि गरेको छ। चीनका शीर्ष आर्थिक योजनाकारहरुका अनुसार कोइलाको दैनिक उत्पादनमा १ करोड २० लाख टनभन्दा बढी वृद्धि भएको हो। यसबाट हिउँद महिनाहरुमा बिजुलीको आपूर्ति सुनिश्चित गर्न सकिने दाबी गरिएको छ।

सन् २०६० सम्म कार्बन उत्सर्जनबाट पूर्ण रुपमा मुक्त हुने कोसिसमा लागिरहेको चीनले विगत चार वर्षदेखि कोइलाको प्रयोगमा कटौती सुरुवात गरेको छ।

तर, ऊर्जा संयन्त्रहरुको काम नै प्रभावित भएपछि हाल चीनले उत्पादन बढाउनुपरेको तर्क गरिरहेको छ। यो कदमलाई विश्वका जलवायु विशेषज्ञहरुले भने आलोचना गरेका छन्।

बेइजिङ कार्बन उत्सर्जनबाट पूर्णरूपमा मुक्त हुन ढिलाइ गरिरहेको भन्दै उनीहरुले नयाँ योजनाले चीनको कार्बन उत्सर्जनबाट मुक्त हुने प्रयासलाई अझ पछि धकेल्ने बताएका छन्।

स्कटल्याण्डमा भएको कोप२६ सम्मेलनमा विश्वका १९० राष्ट्र तथा संस्थाहरुले कोइला प्रयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। ती राष्ट्रहरुले सन् २०३० सम्म धनी राष्ट्र र २०४० सम्ममा कोइलामा आधारित उर्जाको प्रयोग अन्त्य गर्ने र कोइला प्रयोग हुने उत्पादनमा भइरहेको लगानी अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका  थिए।

तर, भारत, चीन, अमेरिका र अस्ट्रेलियाले भने सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन्। जलवायु परिवर्तनका लागि कोइलाको अत्याधिक प्रयोग मुख्य कारण मध्ये एक हो।