विदेशी नागरिकता बोकेका नेपालीलाई राजनीतिक अधिकार दिन सकिन्न : प्रधानमन्त्री देउवा

विदेशी नागरिकता बोकेका नेपालीलाई राजनीतिक अधिकार दिन सकिन्न : प्रधानमन्त्री देउवा

लण्डन। बेलायतमा बसेर नेपालको नागरिकता परित्याग गर्ने गैरअवासीय नेपालीहरुले नेपालमा राजनीतिक अधिकार खोज्नु उचित नभएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

स्कटल्याण्डको ग्लास्कोमा सम्पन्न संयुक्त राष्ट्र संघीय विश्व जलवायु परिवर्तन सम्मेलन ‘कोप–२६’ मा भाग लिएर बेलायतको राजधानी लण्डनमा गैरअवासीय नेपालीसँग भेटघाट गर्ने क्रममा प्रधानमन्त्री देउवाले बेलायतको राजनीतिमा चासो राख्न र यहीको सासद तथा प्रधानमन्त्री बन्न सुझाव दिएका थिए।

नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिका कार्यकर्ता, शुभेच्क्षुकसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘बेलायती नागरिक हुनु ठूलो कुरा हो। बेलायत कुनै बेला विश्वको ठूलो शक्ति राष्ट्र थियो।’

उनले संविधान संसोधन गरेर विदेशी पासपोर्ट लिनेहरुलाई मतदानको अधिकार दिन निकै गाह्रो भएको बताए। तर, उनले राजनीतिक अधिकार दिन गाह्रो भएपनि नेपालमा गरिने लगानीलाई सुरक्षित गर्न आफू कटिबद्ध भएको बताए। उनले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई आब्हान गरे।

उनले विदेशी पासपोर्टधारी नेपालीलाई सुविधास्वरुप अनअराइभल भिसा दिने जानकारी दिँदै भने ‘तपाईहरुले भिसाको लागि नेपाली दूतावास धाइरहनु पर्दैन। विमानस्थलमै भिसा पाउनुहुन्छ।’

उनले चैत्रभित्र नेपाल कोरोनामुक्त देशको सूचीमा आउने पनि बताए। ‘२०७८ को चैत्रसम्म देश कोरोनामुक्त हुन्छ,’ प्रधानमन्त्री देउवाले भने।