मलेसियामा नयाँ कामदारका लागि रोजगारी नखुलेको दूतावासको स्पस्टोक्ति

मलेसियामा नयाँ कामदारका लागि रोजगारी नखुलेको दूतावासको स्पस्टोक्ति

काठमाडौं। मलेसियामा नयाँ कामदारका लागि रोजगारी नखुलेको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। उसले शुक्रबार विज्ञप्ती सार्वजनिक गर्दै मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने कुरा निराधार रहेको स्पष्ट पारेको छ।

दूतावासको विज्ञप्तीमा भनिएको छ, ‘भिषाको म्याद कायम भएका व्यक्तिहरूलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सातदिनको क्वारेन्टाइन बस्नेगरी मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन सक्ने सम्बन्धमा मलेसिया सरकारबाट राजदूतावासलाई कुनै जानकारी आएको छैन।’

दूतावासका द्धितीय सचिव प्रतिक कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ, ‘कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले २०२० को मार्च १८ देखि लागू गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको कार्य हालसम्म सूचारु गरिएको छैन।’



No ads found for this position