शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य राजदूतका लागि सिफारिस

काठमाडौं। शेरबहादुर देउवा सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री देउवा बेलायत जाने पूर्वसन्ध्यामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाका लागि सिफारिस गरेको हो।
यी तीनै जनाको नाम अनुमोदन गर्न राष्ट्रपति विधादेवी भण्डारी कहाँ पु¥याइएको छ। बेलायतका लागि राजदूत सिफारिस आचार्य प्रधानमन्त्री शेरबहादुर देउवासँगै वल्र्ड लिडर समिटमा भाग लिन शुक्रबार बेलायततर्फ जाँदैछन्।
भारतका लागि राजदूत सिफारिस शर्मा अमेरिकाका लागि पूर्वराजदूत भइसकेका व्यक्ति हुन्। आचार्य संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि नियुक्त भइसकेका व्यक्ति हुन्। खत्री भने राजनीतिशास्त्रका प्राध्यापक हुन्।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर