विश्वकप अघि कतार हरियाली बन्दै

विश्वकप अघि कतार हरियाली बन्दै

रियाद। कतारले आगमी वर्ष आयोजना गर्न लागेको विश्व कपलाई हरित विश्व कप बनाउन १० लाख रुख रोप्ने प्रतिज्ञा गरेको छ।

साउदी अरेबियामा जारी मध्यपूर्व हरित अभियान कार्यक्रममा कतारी उर्जा मन्त्री सइद बिन सेरिदा अल–काबीले यसको जानकारी दिएका हुन्।

उनले २०३० सम्म १ करोड रुख रोप्ने पनि जानकारी दिएका छन्। कार्यक्रममा साउदी राजकुमार तथा उपप्रधानमन्त्री अब्दुलाजिज अल साउदले निम्तो गरेकोमा उनले धन्यबाद ज्ञापन पनि गरेका थिए।