वैदेशिक रोजगार विभागका महानिर्देशकमाथि सेवाग्राहीद्वारा कार्यकक्षमै ‘हातपात’को प्रयास

वैदेशिक रोजगार विभागका महानिर्देशकमाथि सेवाग्राहीद्वारा कार्यकक्षमै ‘हातपात’को प्रयास

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि हातपातको प्रयास भएको छ।

श्यामबहादुर सापकोटा नाम गरेका सेवाग्राहीले आइतबार दिउँसो काफ्लेलाई उनकै कार्यक्षमा हातपात गर्न खोजेका हुन्। विभागका प्रवक्ता कमल ज्ञवालीले पनि काफ्लेमाथि कार्यकक्षमा पसेर हातपात गर्न खोजेको पुष्टी गरे।

सापकोटा गुनासो बोकेर कार्यालय पुगेको तर विभागले उनको समस्याप्रति खासै चासो नदेखाएपछि आक्रामक बनेको एक प्रत्यक्षदर्शीले प्रवास खबरलाई बताए। तर, प्रवक्ता ज्ञवालीले भने महानिर्देशकमाथि आक्रामक बन्नुको कारण पुष्टी नभएको बताए। ‘के कारणले उहाँ आक्रामक हुनुभयो, थाहा भएन,’ उनले भने।

हातपातको प्रयास गरेका सापकोटा भने हाल प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ। ती युवा आक्रामक भएपछि विभागकै कर्मचारीले काफ्लेलाई सुरक्षा दिएका थिए। झगडाले उग्ररुप लिएपछि प्रहरी घटनास्थल पुगेको थियो।