सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३ मिनेटमा दुईवटा भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३ मिनेटमा दुईवटा भूकम्प

काठमाडौं- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३ मिनेटमा दुईवटा भूकम्पको परकम्प गएको छ।

जिल्लाको हगाम केन्द्रविन्दु भएर सोमबार तीन मिनेटको अन्तरमा दुईवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज दिउँसो ३:२० बजे ४.१ र ३:२३ बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि आजै दिउँसो सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुईवटा परकम्प गएका थिए।

दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।