मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं। वैदेशिक रोजगारीमा मलेसियामा रहेका बैतडीका एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्।
रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिएका हुन्।
जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टि भएको थियो। मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। उनकाका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।
ताजा अपडेट

प्रवास खबर
अदालतको फैसला स्वीकार्य छ : रवि लामिछाने

प्रवास खबर