टोकियोमा ६६ नयाँ कोरोना भाइरस संक्रमित फेला

टोकियोमा ६६ नयाँ कोरोना भाइरस संक्रमित फेला

टोकियो, जापान । टोकियो महानगरीय सरकारले शनिबार जारी गरेको तथ्यांक अनुसार यहाँ नयाँ कोरोना भाइरस संक्रमित केवल ६६ जना पुष्टि भएका छन्। टोकियोमा लगातार १ सयभन्दा कम संक्रमित पाइएको हप्तादिन नाघेको छ।

तर अघिल्लो दिनको तुलनामा ९ जना बढी पाइँदा गत शनिवारको तुलनामा भने १६ ले कमी देखिएको छ। विगत सात दिनमा टोकियोको औसत संक्रमित संख्या ६३.३ प्रतिशतमा रहेको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार टोकियोमा गम्भीर लक्षणहरु भएर अस्पतालमा चिन्ताजनक अवस्थामा उपचाररतको संख्या ३५ रहेको छ। राष्ट्रव्यापी आंकडा ३३५ रहेको छ। जुन शुक्रबारको तुलनामा २२ ले कमी हो।

देशभर पुष्टि भएका कोरोना भाइरसका संक्रमितहरुको संख्या राति ९ बजेपछिको अवस्थामा केवल ४८४ रहेको छ। आशालाग्दो अवस्थाका बीच देशका ४७ मध्ये ७ प्रान्तमा कुनैपनि संक्रमित पुष्टि भएका छैनन्।

देशव्यापी रूपमा शनिबार १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सहित जापानमा कोभिड-१९ संक्रमणबाट निधन हुनेको संख्या १८ हजार १ सय ४ पुगेको छ।

कुल संक्रमित १७१४,६९५ पुग्दा १६८७,९६५ जना निको भएर डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।