यूएईमा पञ्चवर्षीय योजनाका लागि ७९ अर्ब डलरको बजेट बिनियोजन, पूनर्निमाणमा ठूलो लगानी

यूएईमा पञ्चवर्षीय योजनाका लागि ७९ अर्ब डलरको बजेट बिनियोजन, पूनर्निमाणमा ठूलो लगानी

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) ले आक्रामक आर्थिक रूपान्तरणका लागि सन् २०२२ देखि २०२६ सम्म नयाँ पञ्चवर्षीय योजनाका लागि २ सय ९० बिलियन दिराम अर्थात ७९ अर्ब अमेरिकी डलरको बजेट अनुमोदन गरेको छ।

जसअन्तर्गत सरकारले आउँदो वर्षका लागि मात्र ५९ बिलियन दिराम छुट्टयाइसकेको छ। यी रकममध्ये ४१ दशमलव २ प्रतिशत रकम विकाश र सामाजिक लाभको क्षेत्रमा गरिने राज्य नियन्त्रित न्युज एजेन्सी डब्लूएएमले जनाएको छ।

यस्तै, शिक्षा क्षेत्रको बजेट बढाएर १६ दशमलव ३ प्रतिशत बनाइने छ। स्वास्थ्य सुविधामा ८ दशमलव ४ प्रतिशतले बुद्धि हुनेछ। यस्तै, पेन्सन ८ दशमलव २ प्रतिशत र सामाजिक विकाशको क्षेत्रमा ६ प्रतिशतले बुद्धि हुने जनाइएको छ।

रिपोर्टका अनुसार यूएईले आगामी वर्ष पूनर्निमाण र वित्तिय संसाधनको क्षेत्रमा ठूलो राशी खर्च गर्दैछ। यसका लागि थुप्रै सरकारी समिति परिवर्तन हुने पनि न्युज एजेन्सीले उल्लेख गरेको छ।