पद्मोदय मोडमा पुरानो जुत्ता साटेर नयाँ लिनेको घुँइचो

पद्मोदय मोडमा पुरानो जुत्ता साटेर नयाँ लिनेको घुँइचो

काठमाडौं। बडा दसैंको चाड नजिकिँदै जाँदा काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा ‘जुत्ता एक्सचेञ्ज मेला’ सुरु भएको छ। भदौं १८ देखि सुरु भएको मेलामा पुरानो जुत्ता दिएर नयाँ जुत्ता साट्नेको भिड लाग्न थालेको मेला आयोजक प्रमोद महतोले बताएका छन्।

कोभिड–१९ महामारीका बीच पनि मानिसहरूको जुत्ता किन्ने मोह देखेर आफू चकित परेको उनले बताए।

चाडबाड नजिकै जाँदा विदेशबाट नेपाल आउने तथा विदेश जान तम्तयार भएर बसेका नेपालीका लागि यो एक्सचेञ्ज अफरले निकै ठूलो काम गरेको छ।

मेलामा जुत्ता साट्न पुगेका हेटौडाका साजन कुमार शर्माले आफ्नो बजेट अनुकुल राम्रो जुत्ता भेटेपछि आफूसहित परिवारका सबैलाई दसैंको सौगात स्वरुप जुत्ता किनिदिएको बताए। ‘नेपाली ब्राण्डको राम्रो जुत्ता रहेछ। मैले तीन जोर किने,’ उनले भने, ‘एक्सचेञ्ज अफरले झन् सजिलो बनाएको रहेछ। पुरानो जुत्ता साटेर नयाँ लिने अफर राम्रो लाग्यो।’

मेलामा जुत्ता किन्न र जुत्ताको डिजाइन किन्न आएका अन्य व्यक्ति पनि स्टलमा झुम्मिएका देखिन्थे। एक्सचेञ्ज मेलामा प्रत्येक पुरानो जुत्ताको मूल्य ५ सय रुपैयाँ प्रदान गरिने अफर सबैका लागि लाभदायक देखिएको छ।
‘प्रत्येक नेपालीको पुरानो जुत्ता साटेर नयाँ लगाउने चाहनालाई यो एक्सचेञ्ज अफरले पुरा गर्ने हामीले आशा गरेका छौं,’ आयोजक महतो बताउँछन्।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनी मार्गतिर मोडिने वित्तिकै पद्मोदय मोडमा नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेलामा कोभिडको स्वास्थ्य मापदण्ड पालना गरिएको पनि आयोजकको भनाइ छ।

प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने कार्यले मेलालाई थप आकर्षक बनाएको छ।

‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएकाले कोभिडपछि पहिलो पटक अहिले एक्सचेञ्ज मेला आयोजना गरेका हौ’ आयोजक महतोले बताए।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरिएको छ। नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठ बताउँछन्।

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताए।

काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा पुग्ने अनुमान छ।