मलेसियामा अवैध सम्बन्धबाट जन्मिएको शिशु झोलामा बेरेर लुकाउने नेपाली महिला पक्राउ

मलेसियामा अवैध सम्बन्धबाट जन्मिएको शिशु झोलामा बेरेर लुकाउने नेपाली महिला पक्राउ

क्वालालम्पुर।  नवजात शिशुलाई  लुकाइएको अवस्थामा मृत फेला पारेपछि मलेसियन प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ।

मलका राज्यको अलोेर गाजाहस्थित एक कारखानामा कार्यरत आप्रवासी श्रमिक बस्ने होस्टलमा प्रहरीले शिशुको शव लुकाइएको अवस्थामा फेला पारेको हो।

बुधवार बिहान ९ : १० बजे कारखानामा कार्यरत एक श्रमिकले जानकारी दिएपछि प्रहरी उक्त होस्टेलमा पुगेको अलोर गाजाह जिल्ला प्रहरी प्रमुख सुप्त अर्साद अबुले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।

घटनास्थलमा प्रहरी पुग्दा ती नवजात शिशु (छोरा) को मृत शरिर कालो प्लास्टिकको झोलामा भेटिएको थियो । सो शिशु अम्ब्लीकल कर्ड (नाभी दवाएर राखिएको कर्ड) सहित रहेको र होस्टलको बेडमा झोलामा राखिएको अवस्थामा फेला परेको बताइएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा २८ वर्षीया ती महिलाले गत सोमबार (२० सेप्टेम्बर) १.३० बजे बिहान आफूलाई क्लिनिकमा पुर्‍याउन अनुरोध गरेको तथ्य खुल्न आएको छ । क्लिनिकले उनलाई अलोर गाजा अस्पतालमा रिफर गरेको थियो । त्यसपछि उनलाई मेलाका अस्पतालमा पठाइएको थियो ।

प्रहरीले उनलाई बुधवार दिउँसो पक्राउ गरेको हो।उनले नवजात शिशुको हत्या गरेकी हुन् वा मृत जन्मिएको हो भन्नेबारे खुलेको छैन।

प्रहरीले उनको प्रेमी नेपाली रहेको आशंका गरेको छ। ती व्यक्तिको खोजी भइरहेको बताइएको छ।