आबुधाबी प्रवेशका लागि कोभिड परीक्षणको रिपोर्ट नचाहिने

आबुधाबी । आबुधाबी प्रवेश गर्न चाहाने यूएईभित्रका यात्रीलाई अबदेखि कोभिड–१९ परीक्षणको रिपोर्ट नचाहिने भएको छ।
यो नियम १९ सेप्टेम्बर आइतबारदेखि लागू हुनेछ।
संक्रमणदर ०.२० % मा झरेसँगै कोभिड–१९ महामारीको लागि आबुधाबीको आपत्तकालीन, विपद तथा संकट व्यवस्थापन समितिले यो नियम ल्याएको हो।
यसअघि अन्य राज्यबाट आबुधाबी प्रवेश गर्ने यात्रीले अनिवार्य कोभिड परीक्षण गराउनुपर्ने नियम थियो।
यद्यपि केही सार्वजनिक स्थलहरुमा प्रवेशको लागि ‘ग्रीन पास’ सक्रिय हुनुपर्नेछ।
ताजा अपडेट

प्रवास खबर
बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी

प्रवास खबर