जापानले ‘रि इन्ट्री भिसा’ बाहक नेपालीमाथिको प्रवेश प्रतिबन्ध हटायो

जापानले ‘रि इन्ट्री भिसा’ बाहक नेपालीमाथिको प्रवेश प्रतिबन्ध हटायो

टोकियो । जापान सरकारले नेपालबाट ‘रि इन्ट्री भिसा’ भएकालाई लगाएको प्रवेश प्रतिबन्ध हटाएको छ।

जापानकाे पररास्ट्र मन्त्रालयको वेबसाइटमा १७ सेप्टेम्बरमा प्रकाशित सीमा नियन्त्रण सम्बन्धी जानकारीअनुसार नेपालसहित अफगानिस्तान, भारत, श्रीलंका, बङलादेश र माल्दिभ्सबाट प्रवेश प्रतिबन्ध हटाइएको उल्लेख छ

‘रि इन्ट्री’ प्रवेश १९ सेप्टेम्बर आइतबार मध्यरातबाट हट्ने परराष्ट्रको सूचनामा उल्लेख छ।

अर्थात ३० सेप्टेम्बरदेखि नेपालबाट सिधा हवाइ उडानमार्फत जापानको आवासीय भिसा भएका ‘रि–इन्ट्री’ बाहक नेपाली जापान यात्रा गर्न सक्नेछन ।

हालैका दिनमा जापान प्रवेश नखुल्दा सयौं नेपाली तेस्रो मुलुक १४ दिन क्वारेन्टाइनमा बसेर जापान आउन थालेका थिए।

जापानमा पाँचौ लहरको कोरोना संक्रमण नियन्त्रण उन्मुख तथा नेपालमा समेत कोरोना संक्रमण घट्दो र कोभिडविरुद्वको खोप लगाउनेको संख्या बढेपछी जापानले आवासीय भिसा बाहकको प्रवेशलाई खुलाएको ठानिएको छ।