ओमनमा आप्रवासी श्रमिकले भिसाम्याद सकिनु १५ दिन अगावै नवीकरण गरिसक्नुपर्ने

ओमनमा आप्रवासी श्रमिकले भिसाम्याद सकिनु १५ दिन अगावै नवीकरण गरिसक्नुपर्ने फाइल फोटो

मस्कट । ओमनमा रहेका नेपाली श्रमिकले आफ्नो भिसाम्याद सकिनुभन्दा १५ दिन अगावै भिसा नवीकरण गर्नुपर्ने भएको छ।

ओमन सरकारले आप्रवासीका लागि भिसाम्याद सकिनु १५ दिन अगावै नवीकरण गर्नुपर्ने नियम अगाडि सारेको हो। ओमनका महामहिम सुल्तान हैथाम बिन–तारिकले जारी गरेको शाही डिक्री (आदेश) नम्बर ६० र २०२१ अनुसार प्रवासी सम्बन्धी आवासीय कानूनका केही प्रावधान संशोधन गरिएको बताइएको छ।

शाही आदेश नम्बर ९५ र १६ द्वारा जारी भएको राज्यको आधारभूत कानून, आवासीय कानूनको समीक्षा गरी ओमनको मन्त्रिपरिषद्मा पेस गरेपछि नयाँ व्यवस्था जारी भएको हो। संसोधित व्यवस्थाअनुसार महानिरीक्षकले सुल्तानेटमा आप्रवासीको भिसाको प्रकार, भिसाको अवधि र शर्त तथा उनीहरुलाई नवीकरणको लागि नियम र प्रक्रिया निर्धारण गर्ने बताइएको छ।

त्यस्तै, कुनै व्यक्तिले आफ्नो श्रीमान वा श्रीमतिलाई भिसा प्रदान गर्दा उनीसँगै रहेका बच्चालाई पनि स्वतः प्रदान गरेको मानिने बताइएको छ। यो सुविधा उनीहरुमध्ये कसैलाई आवासीय अनुमति प्राप्त नहुँदासम्मको लागि मात्र हुने उल्लेख छ।

यस्तै, कुनै कारण विना भिसा प्रदान नहुने वा नवीकरण अस्वीकार हुन पनि सक्ने बताइएको छ।

प्रवेश भिसा, आवासीय अनुमति, ट्राफिक इजाजतपत्र र तिनीहरूको नवीकरणको लागि लाग्ने शुल्कसहित सो कानूनको प्रावधानको कार्यान्वयनको सन्दर्भमा तिर्नुपर्ने विभिन्न शुल्क र ती नियमको कार्यान्वयनमा आवश्यक पर्ने निर्णय अर्थमन्त्रालयको स्वीकृतिपछि महानिरीक्षकको निर्णयद्वारा निर्धारण गरिने बताइएको छ।

त्यसैगरी, संसोधित दोश्रो धारामा संलग्न गरिएको संशोधनको प्रावधानसँग विरोधाभाष हुने सम्पूर्ण कुरालाई रद्द गर्ने प्रावधान रहेको उल्लेख छ।