प्रिती आलेको तीज गीत सार्वजनिक भिडियो

काठमाडौं । हिन्दु महिलाहरुको महान चाँड ‘तीज’ नजिकिँदै जाँदा ‘तीज’का गीतहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक हुनेक्रम जारी छ ।
‘तीज’का गीतहरुको यही भीँडमा गायिका प्रिती आलेको स्वरमा सजिएको ‘कालो चश्मा लाउने हो १ नाच्ने हो १’ बोलको गीत सार्वजनिक गरिएको छ । रोजिना ढकालको शब्द रहेको गीतको भिडियोमा स्वयं रोजिना र प्रिती आफैं देखिएका छन् ।
गीतको भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने सहायक निर्देशकमा साइब्रत राज आचार्य रहेका छन्। निर्देशनको क्रिएटिभ पाटो भने जया शर्माले हेरेकी छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।
सुवोल थापाले नृत्य निर्देशन गरेको गीतको भिडियो ‘हाइलाइट्स नेपाल’को युट्यूबबाट सार्वजनिक गरिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर