साउदी अरबको अल कासिम क्षेत्रको घुम्ती शिविरमा १७० नेपालीले लिए राहदानी सेवा

साउदी अरबको अल कासिम क्षेत्रको घुम्ती शिविरमा १७० नेपालीले लिए राहदानी सेवा

रियाद। साउदी अरबको अल कासिम क्षेत्रमा शुक्रबार सम्पन्न घुम्ती शिविरबाट १ सय ७० नेपाली श्रमिकले राहदानी नवीकरण सेवा लिएका छन्।

गैरआवासिय नेपाली संघ (एनआरएनए) आरसीसी अल कासिम साउदी अरबको समन्वयमा नेपाली दूतावास रियादले राहदानी नवीकरण सेवा प्रदान गरेको थियो।

पूर्व सूचित कार्यक्रम अनुसार सञ्चालित शिविरमा १ सय ४१ जनाले राहदानी नवीकरण गराएका थिए भने २६ जनाले बनेर आएको नयाँ पासपोर्ट बुझेका थिए। ३ जनाले ट्राभल डकुमेन्ट बनाएको एनआरएनए अल कासिम क्षेत्रीय समितिले प्रवास खबरलाई जानकारी दिएको छ।

घुम्ती सेवा कार्यक्रममा नेपाली दूतावासका द्धितिय सचिव तारा खनाल, तृतीय सचिव आनन्द सुवेदीका साथै स्थानीय कर्मचारी हेमन्त आचार्यको उपस्थिति थियो। राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गर्न गैरआवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमका पदाधिकारी तथा गन्तब्य नेपालका अभियान्ताले सहयोग गरेका थिए।



No ads found for this position