एनआरएनए निर्वाचन : जनप्रगतिशिल मञ्च पक्षधर डा. केसीको पक्षमा

एनआरएनए निर्वाचन : जनप्रगतिशिल मञ्च पक्षधर डा. केसीको पक्षमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका डा.बद्री केसीलाई नेकपा माओवादी केन्द्र निकटको प्रवास विभाग संगठन जनप्रगतिशिल मञ्चको समर्थन रहने भएको छ।

प्रवास खबरलाई विश्वस्त श्रोतबाट प्राप्त जानकारी अनुसार माओवादी निकटका अधिकांश प्रवासी नेता डा.केसीको पक्षामा उभिएका हुन्। श्रोतका अनुसार अहिले यो संगठनबाट डा. केसीको टिममा क–कसलाई पठाउने विषयमा छलफल भइरहेको छ।

मञ्चले एनआरएनएको आगामी कार्यकालमा आफ्नो पक्षधरको उपस्थिति लैजाने विषयमा ९ सदस्यीय कार्यसमिति नै बनाएको थियो । समितिले आफ्नो पक्षबाट क–कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा लगभग टुंगो लगाइसकेको श्रोतले प्रवास खबरलाई जानकारी दियो।

श्रोतका अनुसार यसपटकको निर्वाचनमा मञ्च पक्षधर डिबी क्षेत्री (ओमन), आरके शर्मा (कतार), लोकप्रसाद दाहाल (बेल्जियम) सुरेन्द्र नेपाल श्रेष्ठ (बेलायत), र धर्मराज खतिवडा (अष्ट्रीया) डा. केसीको पक्षमा उभिएका छन्।

एनआरएनएमा दह्रो पकड बनाएका यी प्रतिनिधिको भूमिका मञ्चमा समेत शिर्ष स्थानमा छ।

समावेशी टिम बनाउने बताउँदै आएका डा. केसीले जनप्रगतिशिल मञ्चबाट पनि उम्मेदवार बनाउँदै छन्।

यो पनि पढ्नुहोस्

एनआरएनए चुनाव : यी हुन् अध्यक्षका दावेदार डा.बद्री केसीका सारथी