भारतको हिमाचलबाट एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

भारतको हिमाचलबाट एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौं। अर्घाखाँची जिल्ला भूमिकास्थान–१  साम्नेखोलाका ४४ वर्षीय श्रीराम खनाल (दुर्गा) भारतको हिमाचल प्रदेशबाट बेपत्ता भएका छन्।

भाइ टीकारामका अनुसार उनी विगत दुई वर्षदेखि सम्पर्कविहीन छन् । खनाल ७ जुन २०१९ देखि भारतको हिमाचल प्रदेशको सुन्दरनगरबाट बेपत्ता भएका हुन्।

करिव ५ फुट उचाइ भएका खनालले सम्पर्कविहीन हुनभन्दा एकदिन अघि आफूले काम गर्दै आएका मालिकसँग हिमाचालको सोलाङ जाने बाटो सोधेको बताइएको छ।

बेपत्ता भएपछि परिवारले आन्तरिक रुपमै उनको खोजीकार्य अघि बढाएकोे थियो। तर, दुई वर्ष वित्तिसक्दा पनि उनी सम्पर्कमा नआएपछि परिवारले सबैलाई खोजी गरिदिन आग्रह गरेको छ।

फेलापार्नुहुने महानुभावले मूलप्रवाह संगरुर महिला नगर संयोजक लक्ष्मी खनाल ००९१९५०१६६३०८४ वा नेपालमा भाइ टीकारामलाई ००९७७९८४४९०८८२३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

 



No ads found for this position