आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

काठमाडौं । कोरोना जोखिम बढेपछि बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक कामबाहेक प्रवेश नगर्न अनुरोध गरिएको छ।

नागरिक उड्डयन प्राधिकरणले आफन्तलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न रोक लगाएको छ। कोरोना भाइरसको महामारी बढ्नेक्रममा रहेकाले यात्रुबाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले भिडभाड कम गर्ने उदेश्यले बिदाइ तथा स्वागतका लागि विमानस्थलमा प्रवेश गर्न निरुत्साहित गरेको जनाएको छ।

यस्तै विमानस्थलमा प्रवेश गर्नेले अनिवार्य रुपमा मास्क लगाउने, शरीरको तापक्रम नापेर मात्रै टर्मिनल भवनमा प्रवेश, सेनीटाइजर अनिवार्य प्रयोग गर्न र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न आग्रह गरिएको छ।