के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ? यसरी हल गर्नुहोस् मानसिक तनाव

के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ? यसरी हल गर्नुहोस् मानसिक तनाव

काठमाडौं। यही साउन महिनामा कुवेतमा कार्यरत एक नेपाली महिला कामदारले पंखामा झुन्डिएर आत्महत्या गरिन्। स्थानीय प्रहरीका अनुसार उनी साल्मियाको एउटा अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन।

उनले आत्महत्या गर्नुको कारण के थियोे? त्यो हालसम्म खुल्न सकेको छैन। वैदेशिक रोजगारीका लागि कुवेत पुगेर कुनै नेपालीले आत्महत्या गरेको यो नै पहिलो घटना होइन। कुवेतबाहेक अन्य देशमा पनि अनगिन्ती नेपालीले आत्महत्या गरेका कैयौं उदाहरण छन्। यसमा कतिले कुन कारणवस आत्महत्या गरे, त्यो खुल्न सकेको छैन। तर, आत्महत्याको कारण खुलेको नेपालीहरूको हकमा भने पारिवारिक किचलो र कमजोर आर्थिक अवस्था नै प्रमुख कारण देखिएका छन्।

पछिल्लो समय कोभिड–१९ का कारण आत्महत्यामा वृद्धि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले तथ्यांक सार्वजनिक गर्नुले विदेशमा नेपालीको मानसिक अवस्थालाई दर्शाएको छ।

अझ, केही देशमा कार्यस्थलमै श्रमिकले आत्महत्या गर्नुले नेपालीहरूको विक्षिप्त मानसिकतालाई उजागर गरेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका यस्तै खाले समस्यालाई कम गर्ने उद्देश्यले सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (CMIR) ले ‘प्रवासी सूचना साथी’ को नामबाट सूचना मुलक सामग्री निर्माण गर्ने तथा विभिन्न माध्यमबाट आप्रवासी कामदार तथा उनीहरुको परिवारसम्म पुरयाउने कार्य निरन्तर रुपमा गर्दै आइरहेको छ।

यसै क्रममा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले भोग्ने मानसिक तनावलाई कम गर्न ‘वैदेशिक रोजगारीमा रहँदा मानसिक तनाव कम गर्ने उपायहरु’ भन्ने सूचनामुलक सामाग्री तयार पारेको छ।

यसरी कम गर्न सकिन्छ मानसिक तनाव