कुवेतमा नेपाली श्रमिकले सहजरुपमा कोरोनाविरूद्ध खोप पाउने

कुवेतमा नेपाली श्रमिकले सहजरुपमा कोरोनाविरूद्ध खोप पाउने

कुवेत सिटी।कुवेतमा रहेका नेपाली श्रमिकले अब सहजरुपमा कोभिडविरुद्ध खोप प्राप्त गर्ने भएका छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्ध खोपको गतिलाई तीव्र रुपमा अगाडि बढाएसँगै यस्तो अपेक्षा गरिएको हो। हाल कुवेतमा दैनिक खोप प्राप्त गर्नेको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ। योसँगै अबको केही महिनामा अधिकांशले खोप प्राप्त गर्ने बताइएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हाल दैनिक रुपमा खोप प्राप्त गर्नेको संख्या १ लाख रहेको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयको आधिकारिक स्रोतले बताएअनुसार मन्त्रालयले खोप कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले विद्युतीय रुपमा दर्ता गर्ने प्लेटफर्म समेत उपलब्ध गराइएको छ।

त्यसैगरी, मन्त्रालयले समयमै फाइजर र अक्सफोर्ड खोप ल्याउनको लागि अग्रसरता देखाएको छ। त्यस्तै, जोन्सन एन्ड जोन्सन खोप पनि यथासक्य चाँडो ल्याउने पहल गरिएको छ।

स्वास्थ्य मन्त्रालयले यहाँको जीवन सामान्य अवस्थामा फर्काउनको लागि अबको केहि समयमा करिब ७० प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराइने बताएको छ।