एनआरएनए जाम्बियामा बस्नेतको नेतृत्वमा निर्विरोध कार्यसमिति

एनआरएनए जाम्बियामा बस्नेतको नेतृत्वमा निर्विरोध कार्यसमिति

लुसाका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) जाम्बियाको नेतृत्वमा पोषणराज बस्नेत निर्विरोध चयन भएका छन्।

निर्वाचन पर्यवेक्षक तथा संरक्षक बिदुर खनालका अनुसार बस्नेतको अध्यक्षता सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

यस्तै उपाध्यक्षमा रोजनराज घिमिरे , महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर र कोषाध्यक्षमा दीपक सिंह
निर्वाचित भएका छन्।

यसैगरी महिला संयोजकमा विवेक प्रताप सिंह र महिला संयोजकमा दीपा भण्डारीलाई जिम्मेवारी दिइएको छ।

निर्वाचित सदस्यमा मनिषा मुल्मी, रवीलाल पाण्डे , नीम बलायर , हेमाङ्ग लामा र ईश्वर भुषाल रहेका छन्।